Adbhut Milan (उपन्यास)

Android app by Upayogi Apps. Books & Reference · Upayogi Apps

Store rating
Unknown
Store rating count
Unknown
Download price
Free to download
In-app purchases
Not listed in captured metadata
Version
1.0
Listing last refreshed
2026-09-12

View the original store listing

Store description excerpt

यस अद्भुत मिलन उपन्यासलाई ०६३ सालतिर दिवाकर पौडेलद्वारा लेखिएको हो । यसको पहिलो संस्करण २०६५ सालमा प्रकाशित भएको थियो । नेपाली भाषामा प्रकाशित अन्य उपन्यासहरूभन्दा यसमा धेरै कुराको फरकपन भेटिन्छ । यसमा लेखन शैली , कथालाई प्रस्तुत गर्ने कला र विषयबस्तु उठान गर्ने तरिका एकदमै भिन्न छ । उपन्यासको सुरु, मध्य र अन्त्यमा मंगलाचरण गरिएको छ । जुन संस्कृत साहित्यका ग्रन्थहरूमा भेटिन्छ। अझ रोचक कुरा त के छ भने उपन्यासको सुरुवात पहिलो व्यञ्जनवर्ण " क" बाट सुरु गरेर अन्तिम वर्ण "ज्ञ " बाट समाप्त गरिएको छ । पात्रहरूको मिलनको आधारमा उपन्यासको अध्याय छुट्टाइएको छ । नेपाली परम्परा ,संस्कार , र संस्कृतिलाई प्रोत्साहन गर्ने गरी पात्रहरूको भूमिकालाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । विभिन्न अध्यायमा कविता- गजलहरूको प्रयोगले उपन्यासलाई थप रोचक बनाएको छ । सामाजिक , आर्थिक , राजनैतिक , धार्मिक एवं सांस्कृतिक सबैजसो विषयवस्तुलाई समेट्ने गरी कथाको सिर्जना र एउटा छुट्टै महत्त्व दर्शाउने गरी उपन्यासको परिकल्पना गरिएको छ । यसका पात्रहरू काल्पनिक भए पनि जनताले भोग्दै आएका यथार्थ परक घटनाहरूलाई आदर्शोन्मुख तरिकाबाट प्रस्तुत गरिएको छ । अद्भुत मिलनले सामाजिक विसंगति , आर्थिक दुर्गति र राजनैतिक कुसंस्कारको विरुद्ध क्रान्ति ल्याउन प्रोत्साहन गरेको छ । प्रस्तुत उपन्यासमा आख्यानको समयावधि छोटो भए पनि धेरै स्मरणीय घटना-प्रसंगलाई समेटेको छ । जुन ठाउँको प्रसंगबाट उपन्यासलाई उठान गरिएको छ , त्यही ठाउँबाट नै समापन गरिएको छ । उन्यासमा ०६२/६३ को जन आन्दोलन , द्वन्द्वकालिन परिस्थिति एवं गरीबी र अभावको यथार्थपरक दयनीय अवस्थाको कलात्मक चित्रण रहेको छ । सात्विक प्रेमलाई प्रोत्साहन गर्दै शारीरिक भन्दा मानसिक मिलनलाई बढी महत्व दिइएको छ । व्यक्तिको विचार ,चिन्तन र स्वभाव असल हुनुपर्छ भन्ने उपन्यासको सन्देश रहेको छ। शारीरिक यातनाको साटो हृदय परिवर्तनलाई बढी प्रभावकारी देखाइएको छ । समाजलाई नैतिकता , आदर्श प्रेम र स्वराष्ट्रको आदर गर्न लगाउनु नै उपन्यासको मुख्य उद्देश्य रहेको छ

Review coverage

AppRill has captured 0 reviews for this app. This is a collected sample, separate from the store rating count. Latest review capture: Not captured yet.

Recent captured chart positions

No chart positions have been captured for this app yet.

Chart position, rating count and review coverage do not establish downloads, revenue or profit. Understand the differences.